प्रेस चौतारी म्याग्दीको अध्यक्ष पुनः बानियाँ

Published on

काठमाडौँ । प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसकै दिन आयोजित छैठौं अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, उपसचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की र सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन हुनुभएको छ । चौतारीको अधिवेशनकै अवसरमा म्याग्दीको पहिलो दैनिक पत्रिका रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपियाँ सहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडि अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सक्नु भएको छ ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...