हस्तक्षेपले घट्दै सिमसार क्षेत्र

Published on

काठमाडौँ । सल्यानको दार्मा गाउँपालिका–२, दालगैरामा विगत २० वर्षमा दलदल क्षेत्र सुक्दै गएर खेतीयोग्य जमिनमा परिणत हुँदै गएको छ । स्थानीय लीलाधर उपाध्यायका अनुसार झन्डै १० रोपनी दलदल जमिन अहिले उत्पादनशील खेतमा परिणत भइसकेको छ । पहिले पशुचौपाया डुब्ने र मानिस जान डराउने ठाउँ अहिले खेतीयोग्य बनेको छ । स्थानीय शिक्षक दिवाकर शर्माले वातावरणीय परिवर्तन र मानवीय हस्तक्षेपका कारण सिमसार क्षेत्र घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले देखेका सिमखेत हराउँदै गए । हाम्रो जीवनकालमै ठुलो परिवर्तन देखियो ।” दार्मा–२, डाँगीखोलामा पहिले बाह्रैमास पानी जम्ने दलदल थियो तर अहिले पानीको स्रोत घट्दै गएको छ । जलवायु परिवर्तन, सिँचाइ व्यवस्थापन र मानवीय गतिविधिका कारण सिमसार क्षेत्र सुक्दै गएको अनुमान छ ।

सिमसार क्षेत्र जैविक विविधता संरक्षण, भूमिगत पानी पुनर्भरण र वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण छन् । जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माण, औद्योगिकीकरण र अतिक्रमणका कारण सल्यानका सिमसार क्षेत्र सङ्कुचित हुँदै गएका छन् । डिभिजन वन कार्यालय सल्यानका डिभिजनल अधिकृत टेकबहादुर रावलले सिमसार क्षेत्रमा आश्रित चराचुरुङ्गी तथा वन्यजन्तु लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार सिमसार क्षेत्रहरू कुपिन्डे ताल, कछुवा दह, शारदा नदी, बनगाडखोला र मर्मखोला जलवायु परिवर्तनको असरले सङ्कुचित हुँदै गएका छन् ।

सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिन्डे तालसमेत सुक्दै गएको छ । वनगाढ कुपिन्डे नगरपालिका–८ का अध्यक्ष कुलबहादुर पुरीले तालको जलाधार क्षेत्रमा भइरहेको अनियन्त्रित विकास निर्माण र आसपासका खोलाबाट बग्ने गिट्टी–ढुङ्गाका कारण ताल जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार तालवरिपरि संरक्षण पर्याप्त नभएकाले सरोकारवालाले ध्यान दिनुपर्ने छ । जलाधार क्षेत्रमा भइरहेको अनियन्त्रित विकासनिर्माणस अव्यवस्थित रूपमा बालुवा, गिट्टी र ढुङ्गा निकाल्ने कार्य रोक्नुपर्ने छ । सिमसार क्षेत्र साँघुरिँदै गएपछि चराचुरुङ्गी हराउँदै गएका छन् ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...