गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध छुः ट्रम्प

Published on

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा किन्न र स्वामित्वमा राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त एन्क्लेभलाई मध्यपूर्वका अन्य राष्ट्रलाई पुनर्निर्माण गर्न दिनसक्ने बताउनुभएको हो । राष्ट्रपति ट्रम्पले नेशनल फुटबल लिग सुपर बाउल च्याम्पियनसिपमा भाग लिन लुइसियानाको न्यू अर्लिन्स जाँदै गरेको एयर फोर्स वनमा पत्रकारहरूसँग उक्त धारणा व्यक्त गर्नुभएको हो । गत हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगै ह्वाइट हाउसमा ट्रम्पले संयुक्त राज्य अमेरिकाद्वारा गाजाको दीर्घकालीन स्वामित्व प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावको व्यापक आलोचना भएको थियो । धेरै अरब राष्ट्रहरू साथै युरोपमा रहेका अमेरिकी सहयोगीहरूले यसको विरोध गरेका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...