विपन्नका घर बनाउँदै विदेशी नागरिक

Published on

काठमाडौँ । मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालबिचको त्रिपक्षीय साझेदारीमा घर निर्माण भइरहेका छन् । सोमबार बाँसको घर निर्माणसम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ र जापानबाट १२ गरी जम्मा २८ जना स्वयंसेवी दाता कानेपोखरी गाउँपालिका आइपुगेका छन् ।

उनीहरू २८ जना नै कानेपोखरी–१, झरनाघुट्टुमा पाँच दिनसम्म बाँसका घर बनाउने सिप प्रदान गर्दै आफू पनि सहभागी हुने छन् । सोमबारदेखि नै उनीहरू समुदायमा पुगेर काम थालेको गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले बताउनुभयो । सोमबार पालिका परिसरमा उहाँहरूलाई स्वागत गरी सिधै वडा नम्बर १ को झरनाघुट्टु लगिएको थियो । कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा कानेपोखरी–३ को राजगन्जमा ३० घर निर्माण गरेर विपन्न परिवारलाई सारिसकेको छ । यस्तै आव २०८०/८१ मा कानेपोखरी–४ को क्याम्पाघाटमा १७ घर बनिसकेका छन् । त्यहाँ विपन्न समुदायका १७ परिवार सरिसकेका छन् भने आव २०८१/८२ मा कानेपोखरी–३ को कोलटोलमा ३० घर र कानेपोखरी–१ को झरनाघुट्टुमा ११ घर निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन घरमा चार कोठा, एक शौचालय र एक भान्साघर रहेको छ ।

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...