विपन्नका घर बनाउँदै विदेशी नागरिक

Published on

काठमाडौँ । मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालबिचको त्रिपक्षीय साझेदारीमा घर निर्माण भइरहेका छन् । सोमबार बाँसको घर निर्माणसम्बन्धी प्रविधि, सिप र ज्ञान आदानप्रदान गर्न अमेरिकाबाट १६ र जापानबाट १२ गरी जम्मा २८ जना स्वयंसेवी दाता कानेपोखरी गाउँपालिका आइपुगेका छन् ।

उनीहरू २८ जना नै कानेपोखरी–१, झरनाघुट्टुमा पाँच दिनसम्म बाँसका घर बनाउने सिप प्रदान गर्दै आफू पनि सहभागी हुने छन् । सोमबारदेखि नै उनीहरू समुदायमा पुगेर काम थालेको गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले बताउनुभयो । सोमबार पालिका परिसरमा उहाँहरूलाई स्वागत गरी सिधै वडा नम्बर १ को झरनाघुट्टु लगिएको थियो । कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा कानेपोखरी–३ को राजगन्जमा ३० घर निर्माण गरेर विपन्न परिवारलाई सारिसकेको छ । यस्तै आव २०८०/८१ मा कानेपोखरी–४ को क्याम्पाघाटमा १७ घर बनिसकेका छन् । त्यहाँ विपन्न समुदायका १७ परिवार सरिसकेका छन् भने आव २०८१/८२ मा कानेपोखरी–३ को कोलटोलमा ३० घर र कानेपोखरी–१ को झरनाघुट्टुमा ११ घर निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन घरमा चार कोठा, एक शौचालय र एक भान्साघर रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...