धार्मिक पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण

Published on

काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो । वार्षिक लाखौँको सङ्ख्यामा पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई जिल्लामा केही दिनसम्म लम्ब्याउन समितिले विभिन्न स्थानमा पर्यटकीय पार्कको निर्माण सुरु गरेको छ । जसअन्तर्गत करिब २० लाख रुपियाँको लागतमा गुन्द्रेडाँडामा पदमार्ग निर्माण सम्पन्न गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ मिटर २० सेन्टिमिटर चौडाइ रहेको करिब ७ सय मिटर लम्बाइको पदमार्ग निर्माण गरिएको छ । स्थानीय क्षेत्रमा पाइने ढुङ्गाको प्रयोग गरेर सोलिङ लगाइ उपभोक्ता समितिमार्फत पदमार्ग बनाइएको छ । कुल लम्बाइको करिब २ सय १० मिटरको क्षेत्रमा ढलान गरिएको छ । पाथीभरा मन्दिरबाट सङ्कलन भएको भेटीमार्फत तीर्थयात्री अड्याउन तथा सङ्ख्या वृद्धि गर्न यो पदमार्ग तथा पार्कको निर्माण गरिएको समितिले जनाएको छ । समितिका अनुसार नवनिर्मित पार्कमा फुङलिङ नगरपालिकाको साझेदारीमा लिम्बू संस्कृति झल्काउने बिभिन्न प्रतिमा तथा शालिक निर्माण गर्ने तयारी भइरहेको छ ।

लिम्बू जातिको झाँकी नाच प्रदर्शन गरिरहेको लगायतका अन्य पहिचान झल्काउने प्रतिमाको स्थापना गर्ने योजना रहेको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो । डाँडामा रहने यस पार्कबाट ताप्लेजुङसहित छिमेकी जिल्ला पाँचथर, तेह्रथुम, इलामलगायतको क्षेत्रको दृश्य अवलोकन गर्न सकिनेछ । हाल तीर्थयात्री दर्शन गर्नेबित्तिकै गृहजिल्ला फर्कने गरेका छन् । समितिले अगाडि बढाएका यस्ता योजनाहरू सम्पन्न भएपश्चात भक्तजन ती क्षेत्रमा अडिन्छन् । जसले जिल्लाको अर्थतन्त्रमा वृद्धि हुने समितिको विश्वास छ ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...