राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताउनुभएको छ । ‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा उहाँले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताउनुभयो । अहिलेका विकसित देशहरु बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरुलाई आग्रह गर्नुभयो । कडा मिहिनेत र परिश्रमविना लक्ष्य प्राप्ति गर्न असम्भव रहेकाले विद्यार्थीहरुले अध्ययनमा लगनशील हुनुपर्ने सुझाव दिनुभयो । देशमै अवसर भएकाले त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । “गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासनन चाहिन्छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले समाजसेवी अनुराधा कोइराला, नायक राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मानपत्र पदान गर्नुभएको थियो । रासस

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...