विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा

Published on

काठमाडौँ । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिने तनहुँकी एक शिक्षिकालाई थप पाँच दिन हिरासतमा राखिएको छ । भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो । चार जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक भएपछि माघ ३० गते श्रेष्ठलाई पक्राउ गरी पहिलो पटक पाँच दिनको म्याद थप भएकोमा पुनः पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी अशोक थापाले बताउनुभयो ।

बालबालिकाविरुद्धको कसुरमा थप अनुसन्धान गर्न माग गरिएकाले अदालतको बाल इजलासले अनुमति दिएको प्रहरीले जनाएको छ । विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै लेखापाल श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्ययनरत चार बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटना सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो । यस घटनाको छानबिन गर्न भीमाद नगरपालिकाकाले कार्यदल गठन गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...