प्राथमिकताका आधारमा विकास निर्माण : मुख्यमन्त्री शाह

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले प्राथमिकताका आधारमा विकास निर्माणको काम गरिरहेको बताउनुभएको छ। कैलारी गाउँपालिका–२ उजलीसेमरमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मुख्यमन्त्री शाहले विकास निर्माणको पहिचान गर्न आवश्यक रहेको औंल्याउँदै भन्नुभयो,“बढीभन्दा बढी जनता जोडिने र प्रतिफल दिने कार्यका लागि हामी एक ठाउँमा हुनु पर्दछ।”

प्रदेश सरकारले शैक्षिक क्षेत्रमा सुधारको प्रयास गरिरहेको उहाँको भनाइ थियो। सरकारले बजेट निर्माण गर्ने बेलामा शिक्षण क्षेत्रको संरचना निर्माणका लागि थुप्रै माग आउने गरेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा बजेट दिने गरेको बताउनुभयो। “आवश्यकता कहाँनिर छ, तत्काल हामीले सम्बोधन गर्नु पर्ने कुन हो ? विद्यार्थी, शिक्षकको चाप, पठनपाठनको स्तर हेरेर सरकारले बजेट दिने गरेको छ”, मुख्यमन्त्रीले भन्नुभयो। मुख्यमन्त्री शाहले प्रदेश सरकार एउटा मापदण्ड बनाएर अगाडि बढेको उल्लेख गर्नुभयो।

सीमित स्रोत, साधनको बिच राज्यले शैक्षिक क्षेत्रको निरन्तर विकास गरिरहेको उहाँको भनाइ थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति टीकादेवी चौधरी भुल, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लगायतले बोल्नु भएको थियो। यसैबिच, मुख्यमन्त्री शाहले विद्यालयको छात्रावासको पनि उद्घाटन गर्नु भएको छ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...