ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

Published on

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान सञ्चालन गरेको छ । राजमार्गमा नियमितजसो अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी दुर्घटनाबारे सचेतना अभियान चलाएको हो । ट्राफिकले मध्यपहाडी लोकमार्गसँग जोडिएका, कालीगण्डकी करिडोर आसपास र अन्य ग्रामीण भेगमा चल्ने सवारीसाधन लक्षित सचेतना अभियान चलाएको हो । 

सवारी दुर्घटना न्युनीकरण गरिने, चालक तथा यात्रुमा सचेतना अभिवृद्धि गरिने, सुरक्षित यात्राको सुनिश्चित्ता गर्ने र सुरक्षित यात्राबारे सबैको जिम्मेवारी हो भन्ने बोध गराउने उद्देश्यले अभियान चलाइएको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरले बताउनुभयो । पछिल्लो समय राजमार्गमा सवारी दुर्घटना बढीरहेका छन् । ती दुर्घटना प्रायः लापरवाहीपूर्ण रुपमा सवारी चलाएको, ट्राफिक नियम उल्लङ्घन गरेको, क्षमताभन्दा बढी यात्री राख्ने गरेको पाइएको छ । यात्रीले पनि क्षमता बढी भएको स्थानमा जान नहुने, चालकलाई अनावश्यक दबाव र तनाव नदिने गर्नुपर्ने सचेतना अभियानको क्रममा जानकारी गराइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...