हत्या अभियोगमा एक पक्राउ

Published on

काठमाडौँ । ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका –४ इखाबुका २२ बर्षिय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले इखाबु खुपातालका स्थानीय ५६ बर्षिय बृखबहादुर लिम्बूलाई मुक्काले टाउकोमा संवेदनशील अङ्गमा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । गत माघ ३ गते खुपातालस्थित छत्रप्रसाद लिम्बूको सुद्धयाइ कार्यमा दुई जनाबिच विवाद हुँदा युवकले बृद्धलाई मुक्का प्रहार गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ । शवको पोष्टमार्टमसहितका प्रक्रिया पूरागरी परिवारलाई जिम्मा लगाएको समेत प्रहरीले जनाएको छ । उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यानसम्बन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...