हत्या अभियोगमा एक पक्राउ

Published on

काठमाडौँ । ताप्लेजुङमा बृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका –४ इखाबुका २२ बर्षिय सुवास लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले इखाबु खुपातालका स्थानीय ५६ बर्षिय बृखबहादुर लिम्बूलाई मुक्काले टाउकोमा संवेदनशील अङ्गमा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । गत माघ ३ गते खुपातालस्थित छत्रप्रसाद लिम्बूको सुद्धयाइ कार्यमा दुई जनाबिच विवाद हुँदा युवकले बृद्धलाई मुक्का प्रहार गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ । शवको पोष्टमार्टमसहितका प्रक्रिया पूरागरी परिवारलाई जिम्मा लगाएको समेत प्रहरीले जनाएको छ । उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यानसम्बन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...