प्रदेशको समृद्धि मुख्यमन्त्रीको मूल लक्ष्य

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदनुरुप काम गरिरहेको बताउनुभएको छ । पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,–“प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्रविन्दुमा राखेर प्रदेशको दिगो आर्थिक, सामाजिक तथा पूर्वाधार विकासतर्फ लक्ष्यित भई चालु आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट तय भएको छ । सङ्घबाट अधिकार प्रत्यायोजन नहुँदा प्रदेश सरकारले जनताका आवश्यकता सम्बोधन गर्न केही कठिनाइ भएको छ । ” सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले समृद्धिका लागि तीनै तहका सरकारले जनता केन्द्रित भएर काम गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयन, जनताका विकास निर्माणका चाहना पूरा गर्न समाजका हरेक वर्ग एकताबद्ध भएर लाग्नुपर्ने बेला आएको छ ।” रासस

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...