फोनिज म्याग्दी अध्यक्षमा गर्बुजा मगर

Published on

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा मगर चयन हुनुभएको छ । मङ्गलबार जिल्ला सदरमुकाम बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष साधन राम्जालीका अनुसार, उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा गणेश गुरुङ (गणेश), कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा लिलकुमारी पुर्जा मगर, मनु थापा मगर, गुनबहादुर पुन मगर रहनुभएको छ । प्रदेश प्रतिनिधिमा सुदर्शनकुमार श्रेष्ठ र हिरामोती जुग्जाली तथा सङ्घीय प्रतिनिधिमा साधन राम्जाली र गुनबहादुर पुन रहनुभएको छ । अध्यक्ष गर्बुजा म्याग्दी न्युज डटकम र फेवा टेलिभिजन संवाददाता हुनुहुन्छ । फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमवी आस्था मगरले अधिवेशनको उद्घाटन गर्दै फोनिजले जनजाती पत्रकारको हित, क्षमता बिकास र प्रोत्साहनका लागि काम गर्नुपर्ने बताउनुभयो । यसैगरी फोनिज गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर, नेपाल पत्रकार महासङ्घ म्याग्दीका उपाध्यक्ष तथा म्याग्दी मिडिया सोसाइटी अध्यक्ष अमित विश्वकर्मा, फोनिज बागलुङका अध्यक्ष डम्मर बुढा मगरलगायतले बोल्नुभएको थियो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...