प्रहरीद्वारा समुदायमा खोज तथा उद्धार नमुना अभ्यास

Published on

काठमाडौँ । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण गर्न भने बाँकी नै छ । यसै सन्दर्भमा लमजुङ प्रहरीले समुदायस्तरमा खोज तथा उद्धार र विपदसम्बन्धी नमुना अभ्यास गरेको छ । तीन दिन लगाएर दोर्दी गाउँपालिका–४ नौथर सेरामा नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीबास्तवले जानकारी दिनुभयो । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङका गुल्म प्रमुख प्रहरी निरीक्षक रामकृष्ण प्रसाद पाठकको कमान्डमा आएको सात जनाको टोलीले नमूना अभ्यास गरेको उहाँले बताउनुभयो ।

नेपाल विभिन्न खाले प्रकोप र त्यसबाट सिर्जना हुने विपदको उच्च जोखिममा रहँदै आएको छ । विभिन्न खाले जोखिमहरू भूकम्प, पहिरो, बाढी, आगलागी, सडक दुर्घटना, विस्फोटन, औद्योगिक दुर्घटनाको जोखिमबाट सिर्जित विपदबाट बच्न र उद्धार कसरी गर्ने भन्ने विषयमा सिकाउन नमूना अभ्यास गरिएको प्रहरीले जनाएको छ । द्रुत जलवायु परिवर्तनले पनि प्राकृतिक प्रकोपका घटनाहरूमा वृद्धि भइराखेको छ र विपद् पनि बढ्दो छ । यही परिप्रेक्ष्यमा सम्भावित वा अकल्पनीय किसिमका विपदको सामना गर्न सक्ने क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता रहेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । समयमै गरिने प्रभावकारी उद्धारले विपदबाट थप क्षति हुन र परिस्थिति थप बिग्रनबाट बचाउने उहाँले बताउनुभयो । खोज तथा उद्धार क्षमतालाई उत्कृष्ट, जवाफदेही, समयसापेक्ष, प्रविधियुक्त र आधुनिक बनाउन आजको टड्कारो आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...