हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ

Published on

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) देशको जिउँदो क्रान्तिकारी राजनीतिक शक्ति रहेको बताउनुभयो । बिहीबार धरान उपमहानगरपालिकामा कार्यकता भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो। अहिले माओवादी केन्द्र देशको प्रमुख प्रतिपक्ष पार्टी भएकोले भ्रष्टाचार, बेथिति र निरकुंशताका विरुद्धमा अभियान चलाउँदै आएको बताउनुभयो। हामीले सबै कुरालाई सुविचार गरेर अगाडि बढाउँछौं अहिले माओवादी केन्द्र सरकारमा नभएका कारण सदन केन्द्रित आन्दोलनलाई अगाडि बढाएको बताउनुभयो।

देशको आर्थिक, सामाजिक पक्षलाई सबल र समृद्ध नेपाल बनाउन विकासको मोर्चालाई तीव्र बनाउनको लागि सरकार, संसद र सडक यी ३ वटा संघर्ष मोर्चा प्रमुख हुने बताउनुभयो। स्थानीय निकाय, प्रदेश, केन्द्र संसदमा विकास र समृद्धि तथा सुशासनको मुद्दा पनि उठाउने र त्यो नै संघर्षको प्रमुख उदेश्य रहेको उहाँले बताउनुभयो। अहिलेको सरकार निरकुंस सरकार रहेको र भ्रष्टाचारीको संरक्षणमा लागेको समेत उहाँले आरोप लगाउनुभएको छ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई कटिबद्ध गराउन समेत लागि परेको उहाँले बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा लागेको उहाँले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...