जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

Published on

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको उपचार भइरहेको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार बारा जिल्लाबाट विवाहको जन्ती लिएर गाईघाट तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६—००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट कटारी तर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रवार बिहान २ः३० बजे एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको थियो । घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा बस र मिनिट्रक दुई वटै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...