जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

Published on

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षीय सिताराम धामीको उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा घाइते भएका २० जनाको उदयपुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भीर घाइते भएका पाँच जनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्युरो अस्पतालमा तीनको उपचार भइरहेको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार बारा जिल्लाबाट विवाहको जन्ती लिएर गाईघाट तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६—००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट कटारी तर्फ जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रवार बिहान २ः३० बजे एक आपसमा ठोकिदा उक्त दुर्घटना भएको थियो । घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा बस र मिनिट्रक दुई वटै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...