धार्मिक पर्यटनका लागि पूर्वाधार निर्माण गरिँदै

Published on

काठमाडौँ । बेनीको शिरमा रहेको पुलस्त्य पुलहाश्रमलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । बेनी नगरपालिका –५ पुलाचौरमा रहेको यस क्षेत्रमा विगत दश वर्षदेखि यता सरकारी निकाय र चन्दा सहयोग जुटाएर करिब साढे दुई करोड रुपियाँभन्दा बढी लगानीमा धार्मिक संरचनाहरु निर्माण भएका छन् । बेनी नगरपालिकाले यस क्षेत्रलाई मुख्य धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले तीन वर्षअघि यहाँ रावण पार्क निर्माण सुरु गरेको छ । पर्यटन मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा एक करोड ७० लाख रुपियाँ लगानीमा रावणको मूर्तिसहित पार्क निर्माण गरिँदैछ ।

रावणको मूर्तिसहितको पार्क निर्माण भएपछि यस क्षेत्रको धार्मिक महत्व बढ्नुका साथै भक्तजनको आगमन वृद्धि हुने अपेक्षा गरिएको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताउनुभयो । अहिले रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रावणको मूर्तिको एक भाग खुट्टा आइसकेको छ । पार्कमा मूर्ति राख्ने विषयमा अदालतमा परेको मुद्दाको छिनोफानो नभएसम्म अदालतको अन्तरिम आदेशले पार्क निर्माण गर्नु भनेकाले काम भइरहेको छ ।’’ पुलस्त्य पुलह क्षेत्रको विकास र समृद्धिका लागि पुलस्त्य पुलह क्षेत्र विकास कोषले करिब ३० करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर पूर्वाधार निर्माणमा जुटेको कोषका अध्यक्ष लीला बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिन्दूहरुको पवित्र धार्मिकग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख भएको धार्मिक महोत्वको यस क्षेत्र प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा विगतमा ओझेलमा परेको थियो ।

स्थानीयवासीको सक्रियता र स्थानीय तहको पहलमा पछिल्लो एक दशक यता पूर्वाधार निर्माण र प्रचार–प्रसार गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न जुटेका छौं ।’’ पुलस्त्य पुलह क्षेत्रका संरक्षक अनन्तश्री विभूषित जगतगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालयन बाबाजीले पुलस्त्य पुलह क्षेत्र गौमुखी आकारमा भएकाले आफैंमा प्रसिद्ध रहेकाले धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँले पुलस्त्य पुलह क्षेत्रको दिगो रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । धार्मिक संरचना निर्माण र देश विदेशमा प्रचारप्रसार गरेर मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई यहाँ ल्याउन सकिने उहाँको भनाइ छ । गलेश्वरधामदेखि नजिक रहेको पुलस्त्य पुलह क्षेत्रमा भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँ वर्षेनी हजारौं पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको हिमालयन बाबाले बताउनुभयो ।

बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले ऐतिहासिक तथा धार्मिक महत्वको पुलस्त्य पुलह क्षेत्रको पुनरुत्थानका लागि सडक विस्तार तथा स्तरोन्नति लगायत पूर्वाधार विकासमा वडा र नगरपालिकाले आवश्यक पहल गरेको बताउनुभयो । पुलस्त्य पुलहाश्रम म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा छ । पौलस्त्य पुलहाश्रम पौराणिक ऋषि पुलत्स्यको तपोभूमि रहेको स्थानलाई पछै भनिन्छ । पुलस्त्य मन्दिरनजिक रावणको नाभि गाडिएको भन्ने ढुङ्गा (पत्थर) छ ।

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...