जङ्गली भान्टामा टमाटरको कलमी

Published on

काठमाडौं । जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर खेती गर्ने तर्फ अग्रसर भएका छन । लामो समयदेखि टमाटर खेतीमा सङ्लग्न किसानले अहिले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गराएर खेती गर्न लागेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको बताउनुभयो । “टमाटर खेती गर्दा किसानले वर्षेनी धेरै रोग किराको समस्या बेहोर्नुपरेको छ,” उहाँले भन्नुभयो,“उक्त समस्या समाधान गर्ने विकल्प खोज्दै गर्दा यो नयाँ प्रविधि अपनाउन थालिएको हो ।” विशेष गरेर बिरुवा ओइलाउने समस्या देखिएको र उपचारबाट समेत समाधान नभएपछि नयाँ विकल्प खोजिएको उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख गिरीका अनुसार कलमी बिरुवाबाट लागत कम लाग्ने, उत्पादनमा समेत वृद्धि हुने गर्छ ।

यसका लागि जिल्लाका २० जना व्यावसायिक किसानलाई स्थलगत रुपमा तालिम दिइएको छ । चितवनका किसानसँग समन्वय गरेर जङ्गली भान्टाको बीउ ल्याएर बेना तयार गरि कलमी बनाइएको उहाँको भनाइ छ । गिरीका अनुसार नेपालमा यो प्रविधि नयाँ हो। इजरायल लगायत देशमा सफलतापूर्वक परीक्षण भएपनि नेपालमा नयाँ प्रविधिको रुपमा प्रयोग गर्न थालिएको गिरीले बताउनुभयो । “नेपालमै यो नयाँ प्रविधि हो, नेपाली किसानले पहिलो पटक यो प्रविधिको प्रयोग गर्दै हुनुहुन्छ,” उहाँले भन्नुभयो,“यसबाट किसानलाई धेरे लाभ हुनेछ ।” गोरखापत्र

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...