घोडाघोडी मन्दिरमा भक्तजनको भीड

Published on

काठमाडौँ । कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा यहाँ दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ । विश्वरामसार सूचीकृत जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडि तालको जति महत्त्व छ उतिनै समिपमा रहेको घोडाघोडी मन्दिरको समेत रहेको छ । यहाँ लाग्ने विभिन्न धार्मिक पर्व मध्य महाशिवरात्री पर्वलाई सबैभन्दा ठुलो मानिन्छ । परापूर्वकालदेखि घोडाघोडी मन्दिरमा शिवरात्री पर्वका अवसरमा पूजा तथा अर्चना गरिँदै आएको स्थानीय भक्तजनहरु बताउँछन् । थारू र पहाडी समुदायको धार्मिक धरोहरको रुपमा घोडाघोडी रहेको घोरीघोरा पूजा व्यवस्थापन समितिका अध्यक्ष बुधराम चौधरीले बताउनुभयो । बिहानैदेखि टाढाटाढाबाट आउने भक्तजनहरुलाई सहजरुपमा दर्शन तथा पूजाअर्चनाका लागि सुरक्षाकर्मीको सहयोगमा लाइन लागेर पालोपालो दर्शन गर्ने व्यवस्था मिलाएको अध्यक्ष चौधरीले बताउनुभयो । शिवरात्री पर्वकै अवसरमा घोडाघोडी मन्दिर परिसरमै औपचारिक धार्मिक कार्यक्रमको आयोजना गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...