प्रेम सम्बन्धकै कारण युवकको हत्या

Published on

काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ । अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको छ । कतारमा कार्यरत अन्सारी र अनिताबिच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले श्रीमती बिरामी रहेको बहाना बनाई अन्सारीलाई नेपाल बोलाएकी थिइन् । २०८१ मङ्सिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताउनुभयो ।

हत्यापछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताउनुभयो । उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...