कांग्रेसका राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक कार्यक्रम

Published on

काठमाडौं । bनेपाली कांग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ।कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यबीच परिचय, छलफल र अन्तरक्रिया सुरु भएको हो। गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट कोशी प्रदेशमा सुनिलबहादुर थापा, मधेस प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशमा गीता देवकोटा, गण्डकी प्रदेशमा जगत तिमिल्सिना, लुम्बिनी प्रदेशमा वासुदेव जङ्गली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खाती निर्वाचित हुनुभएको थियो। राष्ट्रिय सभामा अब २५ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...