राधा दामोदरमा तीन लाख अनुदान

Published on

काठमाडौँ । चापाकोट नगरपालिका–६ मा रहेको पवित्र तीर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा तीन लाख अनुदान उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले आश्रममाा रहनु भएका ज्येष्ठ नागरिकका लागि आर्थिक सहयोग प्रदान गरेको हो । सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र सिग्देलले अनुदान उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अनुदान रकम ज्येष्ठ नागरिकको खाद्यान्न, औषधी उपचार, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीमा खर्च गरिने छ । आश्रममा २२ जना ज्येष्ठ नागरिक बस्दै आउनु भएको छ ।

ज्येष्ठ नागरिकलाई सहज, मर्यादित तथा सम्मानपूर्ण रूपमा जीवनयापन गर्नमा सहयोग गरी दैनिक जीवनयापनमा सहजता ल्याउन ज्येष्ठ नागरिक आश्रमलाई सञ्चालन अनुदान उपलब्ध गराइएको सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बताउनुभयो । स्थानीय तहको सरकारले माथिल्लो तहका सरकारसँगको सहकार्यमा यस्ता सामाजिक काम गर्न तयार रहेको र स्याङ्जा सदरमुकामदेखि टाढा रहेको ज्येष्ठ नागरिक आश्रममै आएर सम्झौता गर्नु कार्यालयको अनुकरणीय कार्य रहेको वडाध्यक्ष तारा पोख्रेलले बताउनुभयो । सामाजिक विकास कार्यालयले पछिल्लो क्रममा सामाजिक क्षेत्रमा सहयोग गर्दैआएको छ । सीप हस्तान्तरणमा सक्रिय रहँदै आएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...