धौलागिरि बहुमुखी क्याम्पसमा एक करोडको कोष स्थापना

Published on

काठमाडौँ । जेहेन्दार तथा विपन्नलाई निशुल्क रुपमा पठनपाठनको व्यवस्था मिलाउन साविक धौलागिरी अञ्चलको एकमात्र आंगिक क्याम्पस धौलागिरी बुहुमुखी क्याम्पस बागलुङमा एक करोडको कोष स्थापना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाईमा कोष स्थापना गरिएको हो । कोषमा हालसम्म ७५ लाख रुपियाँ जम्मा भएको छ । एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापना गर्ने लक्ष्यसहित गत वर्ष स्ववियूको अगुवाईमा देउसीभैलो कार्यक्रम समेत सञ्चालन गरिएको थियो । ‘कोषमा छिट्टै एक करोड रुपियाँ पुर्‍याउर क्याम्पसलाई हस्तान्तरण गर्नेगरी आर्थिक सङ्कलनको काम भइरहेको छ,’ स्ववियु सभापति सुदिप सागर कँडेलले भन्नुभयो । कोषका लागि क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले समेत उत्साहजनक साथ दिएको कँडेलको भनाइ छ ।

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १ सय विद्यार्थीलाई निशुल्क शिक्षा दिने योजना रहेको सभापति कँडेलले बताउनुभयो । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित विपन्नलाई कोषले राहतको काम गर्ने कँडेलले बताउनुभयो । कोष निर्माणका लागि देउसीभैलोबाट ४५ लाख रुपियाँ सङ्कलन भएको थियो । शिक्षाप्रेमी, समाजसेवी र अग्रजहरुबाट कोषलाई २० लाख रुपियाँ प्राप्त भइसकेको छ । सयौं विद्यार्थीको रोजाईमा पर्ने क्याम्पसमा पछिल्लो समय भने विद्यार्थीको सङ्ख्या दिनदिनै घट्दै गएको छ । त्यसमा पनि क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय त रित्तो बन्ने अवस्थामा पुगिसकेको छ । क्याम्पस प्रतिको घट्दो आकर्षणलाई छात्रवृत्ति कोषले थप आर्कषित गर्नेमा क्याम्पस प्रमुख सह–प्राध्यापक डा. सुर्दशन सिलवाल विश्वस्त हुनुहुन्छ । उच्च शिक्षाबाट वञ्चित विद्यार्थीलाई कोषले साथ दिने डा. सिलवालले बताउनुभयो ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...