गैँडाको आक्रमणबाट एक घाइते

Published on

काठमाडौँ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । शनिबार दिउँसो खयरघारी मरुङगे ताल स्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३५ वर्षीय रामदिनेश कुशवार गैँडाको आक्रमणबाट घाइते हुनुभएको हो । प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवनी दासको कमान्डमा खटिएको टोलीले घाइते कुशवारलाई उपचारका लागि भरतपुर चितवन सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गैँडाको आक्रमणबाट दाहिने खुट्टामा चोट लागेको र गैँडा वनतिर भागेको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि यस क्षेत्रमा जङ्गली जनावरले दुःख दिँदै आएको छ ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...