निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरिने

Published on

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटिएका निर्वाचन प्रहरीलाई बिदाइ तथा प्रशंसा पत्र वितरण गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई सम्मानस्वरूप बिदाइ तथा प्रशंसा पत्र वितरण कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

बिहीबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय सल्यान परिसरमा आयोजना गरिएको कार्यक्रममा निर्वाचनका क्रममा विभिन्न स्थानमा खटिएर सेवा गरेका निर्वाचन प्रहरीहरूलाई उपस्थित हुन एक सूचना जारी गरेर जिल्ला प्रहरी कार्यालयको निर्वाचन सेलले आग्रह गरेको हो । निर्वाचन प्रहरीहरूलाई पोशाकमै अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि सल्यान जिल्लामा जम्मा एक हजार ४०६ जना निर्वाचन प्रहरी खटिएका थिए । जसमा नेपाल प्रहरी तर्फ १३१० र सशस्त्र प्रहरी तर्फ ९६ जना प्रहरी थिए । निर्वाचन अवधिभर उनीहरूले विभिन्न मतदान केन्द्र तथा संवेदनशील स्थानहरूमा खटिएर सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममार्फत निर्वाचन सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएका प्रहरीहरूलाई सम्मान गर्दै बिदाइ गरिने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...