पाल्पा दरबारको ढोका निर्माण रोकियो

Published on

काठमाडौँ । तानसेनको शित्तलपाटीमा रहेको ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकिएको छ । बजेटको कारण देखाउँदै ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य रोखिएको हो । पुरातत्व विभागले मूल ढोका जीर्ण भएको भन्दै दुई वर्षअघि निर्माणको काम सुरु गरेको थियो । विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले काम सकेको जनाएको छ । तर मूल ढोकाको निर्माण भने पूरा नभई रोखिएको हो । हाल मूल ढोका निर्माण गर्न बजेट नहुँदा काम अगाडि बढ्न नसकेको विभागको भनाइ छ ।

ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझै ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिनुभयो । विभागसँग वजेट नहुँदा मूल ढोकाको निर्माण कार्य अबरुद्ध भएको उहाँले बताउनुभयो । दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न वजेट नहुँदा समस्या भएको उहाँले बताउनुभयो । अब अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी वजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताउनुभयो । मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र श्रृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ । मूल ढोकाको बाँकी काम गर्न थप ५० लाख बढी वजेटको व्यवस्था गर्नुपर्ने छ ।

मूल ढोका समयमै सम्पन्न नहुँदा यसबारे नकारात्मक सन्देश फैलिएको स्थानीय बासिन्दा बताउँछन् । पाल्पाको ऐतिहासिक मूल ढोका समयमै सम्पन्न नगरी त्यसै छाड्दा मूल ढोकाको अवलोकनका लागि पाल्पा आएका स्वदेशी तथा विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको स्थानीय बासिन्दा बालमप्रसाद बैँजुले बताउनुभयो । मूल ढोका बनाउने काम सुरु गरेपछि समयमै सम्पन्न गर्नमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । तत्कालिन प्रधानमन्त्री जङ्बहादुर राणाका भाइ बद्रीनरसिंह कुँवर तानसेनमा तैनाथ रहँदा वि।स। १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएका थिए । सोही बेला बनेको ऐतिहासिक पाल्पा दरबार परिसरको जीर्ण मूल ढोका बनाउने कार्य भएपनि हाल निर्माणमा अबरोध आएको छ ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...