भारतीय खेलाडीलाई हराउँदै पुरुषोत्तम विजयी

Published on

काठमाडौँ । खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालमा युवा खेलाडी पुरुषोत्तम सिलवालले जित्नुभएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा पाँच दिनसम्म चलेको नगर मेयर कप खुला बुद्धिचालमा अपराजित रहँदै उपाधि जित्ने क्रममा सिलवालले भारतका मज इकबाललाई पछि पार्नुभयो । १९३७ रेटेड सिलवालले आठ अङ्क जोड्नुभएको थियो । उहशाँले ब्यक्तिगत ८८ फिडे रेटिङ्गसमेत बढाउन सफल हुनुभयो । उपाधिसँगै सिलवालले ५१ हजार रुपियाँ पाउनुभयो । यस्तै २०७० रेटेड एफएम क्षितिज भण्डारीले सात अङ्क जोड्लै दोस्रो हुनुभयो । समान सात अङ्क बनाउनुभएका भारतका मज इकबाल तेस्रो हुनुभयो । दोस्रोलाई २५ हजार र तेस्रोलाई १६ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो बन्दै आठ हजार रुपियाा पाउनुभयो । यस्तै महिलामा नेपालकी सिन्दिरा जोशी उत्कृष्ट हुनुभयो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।

spot_img

ताजा समाचार

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी...

इन्धन मूल्यवृद्धिको मारमा किसान

काठमाडौं । लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन,...

वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली

 काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली...

नवनिर्वाचित सांसदको शपथ तयारी पूरा

काठमाडौं । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा...