पाल्पामा घटेन क्षयरोगीको सङ्ख्या

Published on

काठमाडौं । पाल्पामा क्षयरोगीको सङ्ख्या घट्न सकेको छैन । जिल्लाको विभिन्न स्थानमा हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस वर्ष हालसम्म १६७ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको दस पालिकामध्ये तानसेनमा सबैभन्दा धेरै क्षयरोगी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार रामपुरमा २०, तिनाउमा १३, रैनादेवी छहरामा १५, निस्दीमा १८, रिव्दीकोटमा ११ जना मानिसमा क्षयरोगको सङ्क्रमण देखिएको छ । यस्तै रम्भामा ९, पूर्वखोलामा १९, बगनासकालीमा १७ र माथागढीमा १० जना क्षयरोगी देखिएको कार्यालयका निमिक्त प्रमुख पोखरेलले बताउनुभयो ।

यो वर्ष हालसम्म नौँ जना क्षयरोगीको मृत्यु भएको छ । गत वर्ष जिल्लाभर २५ जना क्षयरोगीको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८१/२०८२ मा चार हजार ८३४ जनामा जाँच गर्दा ३२२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । क्षयरोग न्युनीकरण गर्नका लागि पाल्पाका दस वटै स्थानीय तहले खोज पड्ताल र निगरानीसहित उपचारका कार्यक्रम सञ्चालन गरिरहेका छन् । क्षयरोगी पुष्टि भएपछि उनीहरुलाई नियमित निगरानीमा उपचार गरिएको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा विगतका वर्षदेखि नै जन्मेदेखि ४ वर्षमुनिका बालबालिकामा पनि क्षयरोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । यस वर्ष चार वर्षमुनिका तीन जना बालबालिकामा क्षयरोग पुष्टि भएको कार्यालयले जनाएको छ । गत वर्ष २०८१/०८२ मा पाँच जना बालबालिकामा क्षयरोग पुष्टि भएको थियो । पाल्पामा क्षयरोगी देखिएकामध्ये ९० प्रतिशत बढी उपचारबाट निको भएका छन् । २ प्रतिशत क्षयरोगीले नियमित औषधी सेवन नगर्दा रोग निको हुन सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...