जापानको श्रम बजार स्थिर

Published on

काठमाडौँ । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ । एक वर्ष अघिको तुलनामा ६ लाख ५० हजारले वृद्धि भएर जनवरी महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६ करोड ७७ लाख ९० हजार पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ । मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जनवरीमा महिनामा ३।३ प्रतिशत पुगेको हो । जापानको राष्ट्रव्यापी काम–देखि–आवेदक अनुपात जनवरीमा १.२६ थियो, अर्थात् त्यहाँ प्रत्येक १०० जागिर खोज्नेहरूका लागि १२६ जागिरहरू थिए, जुन अघिल्लो महिनाको तुलनामा ०.०१ अङ्कले बढेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयबाट जारी भएको तथ्याङ्कले देखाएको छ । केही कम्पनीले श्रमिक अभावका कारण जागिरको दरबन्दी बढाउँदै लगेको छ भने कतिपयले बढ्दो लागतका कारण नयाँ कर्मचारी भर्ना गर्न सङ्घर्ष गरिरहेको मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मुद्दा : प्रजनन स्वास्थ्य र न्यायमा पहुँचबारे छलफल

काठमाडौं । अमेरिकाको न्युयोर्कमा १० मार्च २०२६ मा आयोजित कमिसन अन स्टाटस अफ वुमेन...

अमेरिकी हतियार सार्ने तयारी : सियोल भन्छ, ‘सुरक्षामा फरक पर्दैन’

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण...

निर्वाचन खर्च विवरण सार्वजनिक गर्न आग्रह

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै...

अत्यावश्यक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाललाई अत्यावश्यक औषधीमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका...