सान्थाक्रामा एक युवक मृत फेला

Published on

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । वडाध्यक्ष तेजकुमार चोङबाङका अनुसार सान्थाक्राको आङचोक सडकखण्डमा केदेमको शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला पारिएको छ । उहाँलाई मालबाहक गाडीले किचेको स्थानीयले अनुमान गरेको वडाध्यक्ष चोङबाङले बताउनुभयो । घटना मङ्गलबार साँझ करिब ८ बजेको समयमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार मृतकको टाउको र पेटको भाग छताछुल्ल अवस्थामा रहेको छ। घटनास्थलमा अहिले प्रहरीले कानुनी प्रक्रियाको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

spot_img

ताजा समाचार

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...