सान्थाक्रामा एक युवक मृत फेला

Published on

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो । वडाध्यक्ष तेजकुमार चोङबाङका अनुसार सान्थाक्राको आङचोक सडकखण्डमा केदेमको शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला पारिएको छ । उहाँलाई मालबाहक गाडीले किचेको स्थानीयले अनुमान गरेको वडाध्यक्ष चोङबाङले बताउनुभयो । घटना मङ्गलबार साँझ करिब ८ बजेको समयमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार मृतकको टाउको र पेटको भाग छताछुल्ल अवस्थामा रहेको छ। घटनास्थलमा अहिले प्रहरीले कानुनी प्रक्रियाको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...