ज्वेलर्स पसलमा चोरी भएपछि व्यापारी आन्दोलित

Published on

काठमाडौँ । महोत्तरीको पडौलस्थान बजारमा स्थानीयहरुले प्रदर्शन गर्दै सोमवार बजार बन्द गराएका छन् । बलवा नगरपालिका –३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी भएको घटनालाई लिएर व्यापारीहरु सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् । शनिबार राति चोरहरूको समूहले पसलमा लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको बताइए पनि चोर समात्ने प्रयास सुरक्षाकर्मीले नगरेको भन्दै व्यापारीहरु बजार बन्द गराएका छन् । शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुणकुमार साहका अनुसार ५ जनाको समूहमा आएका डाँकाहरूले पसलमा रहेको २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा राखिएको भोल्ट ९लकर०, क्यामराको हार्डडिस्क चोरी गरेर लगेको छ । सुन पसलमा लागेको सिसिटिभी क्यामराको हार्डडिस्क चोरहरूले लगेपछि नजिकै रहेको अन्य क्यामरा लुटपाट गर्न प्रयोग भएको जिप र डकैतीमा संलग्नहको भिडियो कैद भएको प्रहरीको भनाइ छ । पसलमा राति नै चोरी भए पनि आइतबार बिहान ९ बजे मात्र थाहा भएको सञ्चालक साहले बताउनुभयो ।

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...