सिद्धार्थमा अनेरास्ववियुमा गोदार सभापतिमा निर्वाचित

Published on

काठमाडौँ । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित हुनुभएको छ । फेदिखोला गाउँपालिका–२ मा रहेको क्याम्प्समा मङ्गलबार भएको निर्वाचनमा प्रतक्ष्यतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो । स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई चार मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित हुनुभएको हो । गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत ल्याउनुभएको हो।

यस्तै, सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर विजयी हुनुभएको हो । कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । सदस्यमा अनेरास्ववियुका संजय खत्री(४३) र स्मृति कुवर (४१) मत ल्याएर निर्वाचित हुनुभएको हो । समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल रहनुभएको छ । समितिको उप सभापति र सहसचिव समानुपातिकबाट मनोनित गरिने निर्वाचित सभापति गोदारले बताउनुभयो ।

ताजा समाचार

राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान...

कमल दहबाट कमलको जरा निकालिँदै

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय...

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद...

धोविखोला करिडोरमा फुलेका रङ्गीचङ्गी फूल

काठमाडौँ । काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल । ...