भाटभटेनीको समान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट

Published on

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको डिब्बामा भन्सार जाँच पास नगराई अवैध रूपमा विद्युतीय सिगरेट फेला परेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलवार राती ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो । प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राती खटिएको टोलीले सवारी साधनको चेक जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट ९३ डब्बा सामाग्री बरामद भएको छ । ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिनुभयो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ । बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका वडा नंम्बर २ का प्रवीण खत्री र डिब्बा गाडी नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

काठमाडौं । शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको...

ग्रामीण सडकमा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौं । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक...

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...