ब्यारेजभित्र सडेको शव फेला

Published on

काठमाडौँ । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरामा बेवारिसे पुरुषको शव फेला परेको छ । बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा ब्यारेजमा पहिचान खुल्न नसकेको व्यक्तिको शव फेला परेको हो । नाम, ठेगाना खुल्न नसकेको पुरुषको सिँचाइका लागि बनाइएको ब्यारेजभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो । स्थानीय गाउँलेले ब्यारेजभित्र सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । बक्स पाइन्ट र टि–सर्ट लगाएका पुरुषको शव सडिसकेकाले हुलिया खुलाउन समेत समस्या परेको प्रहरी निरीक्षक सिंहले बताउनुभएको छ । उहाँले शवको पहिचान खुलाउन मातहतका प्रहरी युनिटमा पत्राचार तथा नजिकका गाउँमा सोधखोज गरिरहेको जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...