साफ यु–२० फुटबल : नेपालको पहिलो खेल भुटानसँग

Published on

काठमाडौं । माल्दिभ्समा चैत ९ देखि २१ गतेसम्म आयोजना हुने यु–२० साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको पहिलो खेल मार्च २३ तारिख भुटानसँग परेको हो । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा नेपाल, भुटान, माल्दिभ्स र श्रीलङ्का रहेको छ । नेपालले दोस्रो खेल मार्च २५ मा श्रीलङ्का र मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेको छ ।  राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघिनै २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । 

नेपाली टोली

धर्बेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारू, गणेश पुलामीमगर, जोन विष्ट, निशान राज लवाट, पवन पाख्रिन, पेम्बा नुर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रणजित लामा, रोहन मोक्तान, रोशन तामाङ, सबिन कुमार लुङ्गेली मगर, सबिन राई, सिद्धान्त खड्का, सुबास बम, सुजन बस्नेत र सुजन डङ्गोल । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...