सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

Published on

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो । विज्ञप्तिअनुसार सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजार जनाको मृत्यु भएको तथा परिवार र समुदायमा यस रोगको प्रभाव बढ्दै गएको बताएको छ । पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओको क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउँने बताउनुभएको छ । उहाँले भन्नुभयो,“जोखिममा रहेका व्यक्तिले समयमै, रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको छ ।” डब्ल्युएचओका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु फैलिन्छन् र हावाको माध्यमबाट अन्य मानिसमा योसर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएता पनि अझै पनि सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् । रासस/सिन्ह्वा

ताजा समाचार

सेजबाट तीन अर्बको निर्यात

काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको...

अनुचित मूल्य वृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका...

चीनलाई लक्षित गरेर दर्जनौँ संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने...

सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे...