अनुचित मूल्य वृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल

Published on

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेवलका उत्पादनहरु खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताउनुभएको छ । बुधवार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेवलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताउनुभयो । उहाँले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताउनुभयो ।

उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उहाँको भनाइ छ । उहाँले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानूनी व्यवस्था विपरित उत्पादक र व्यवसायीले कानुनको बर्खिलाप गरेको उल्लेख गर्नुभयो । उहाँले विना लेवलका सिमेन्ट र डन्डी विक्री गर्ने केही डिलरलाई विक्री वितरणमा रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल बजारमा सिमेन्ट र डन्डी लगायतका केही वस्तुहरुमा अत्यधिक मूल्य वृद्धि भएको विषयमा सिमेन्ट र डन्डी उत्पादक तथा व्यवसायी एवं उत्पादक संघसँग छलफल र अन्तरक्रिया गरिएको र उनीहरुलाई मूल्य वृद्धिको कारण औचित्य पुष्टि गर्न निर्देशन दिइएको छ । केही सिमेन्ट र डन्डीका डिलरहरुलाई विक्री वितरणमा रोक पनि लगाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानूनको बर्खिलाप गरी केही उत्पादकहरुले बिना लेवलका उत्पादन बजारमा खुल्ला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको छ ।”

महानिर्देशक दाहालले कानुनको भावना र मर्मविपरित हुनेगरी विना लेवलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गर्नुभयो । उहाँले बिना लेवलका वस्तु बजारमा भेटिए कानूनी कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उल्लेखित ऐनको भावना र मर्मविपरित अब उप्रान्त कुनैपनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेवलमा उत्पादकको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोक्ता गरिसक्नुपर्ने मिति, अधिकतम खुद्रा मूल्य, परिणाम, तौल, गुणस्तर उल्लिखित विवरण र सोमा हुनपर्ने विवरणहरु उल्लेख गरी बिक्री वितरण गर्नु हुन अनुरोध गरिन्छ । साथै बिना लेवलका वस्तुहरु बजारमा बिक्री वितरण गर्न राखिएमा प्रचलित कानुन बमोजिम सजाय हुने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।” महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो । उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानून अनुसार कारबाही हुने उहाँको भनाइ छ ।

ताजा समाचार

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष प्रचण्डको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा...

वीरगन्जमा महिलाको शव फेला

काठमाडौँ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक...

पत्रकार हत्या र मिडियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौँ । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न...

कालिगण्डकी कोरिडोर सडक आयोजनामा बजेट अभाव

काठमाडौँ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोरको निर्माणधिन माथिल्लो खण्ड मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजनामा...