तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग

Published on

काठमाडौँ । प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै निष्पक्ष छानबिको माग गर्नुभयो । उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र अर्का युवा सविन महर्जनलाई सहिद घोषणा गर्न पनि उहाँले माग गर्नुभयो । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले तीनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताउनुभयो । “तीनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन्”, उहाँले भन्नुभयो, “ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुङ्गा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शङ्कास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।” सांसद झाले सदन शालिन, भद्र र संसदीय प्रणालीअन्तर्गत सदन चलोस् भन्ने चाहेको पनि स्पष्ट पार्नुभयो । रासस

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...