अनलाइन आत्महत्या फोरमको जाँच गर्दै बेलायतको नियामक

Published on

काठमाडौँ । बेलायतको प्रसारण नियामकले बुधबार एक अनलाइन आत्महत्या फोरमको जाँच गरिरहेको घोषणा गरेको छ । उक्त फोरमलाई स्थानीय सञ्चार माध्यमहरूका अनुसार देशमा कम्तीमा ५० जनाको मृत्युसँग जोडिएको बताइएको छ । अफकमले यस साइटको सेवा प्रदायकले ‘आफ्ना बेलायती प्रयोगकर्ताहरूलाई गैरकानूनी सामग्री र गतिविधिबाट सुरक्षित राख्न उपयुक्त सुरक्षा उपायहरू लागू गर्न असफल भए-नभएको’ बारे अनुसन्धान गरिरहेको जनाएको छ । यो बेलायतको अनलाइन सुरक्षा ऐन, २०२३ अन्तर्गत कुनै व्यक्तिगत सेवा प्रदायक विरुद्ध खोलिएको पहिलो अनुसन्धान हो, जुन वयस्क र बालबालिका इन्टरनेट प्रयोगकर्ताहरूको सुरक्षा गर्ने उद्देश्यले बनाइएको हो ।

ऐनअन्तर्गत सेवा प्रदायकहरूले गत महिनाको मध्यसम्म कुनै पनि अवैध सामग्रीबारे थाहा पाएपछि त्यसलाई हटाउनुपर्ने थियो । “हामीले यस सेवा प्रदायकसँग यसको कर्तव्यको सन्दर्भमा संलग्न हुन धेरै प्रयास गरेका छौँ र यसको अवैध हानि जोखिम मूल्याङ्कनको रेकर्ड पेस गर्न कानूनी रूपमा बाध्यकारी अनुरोध जारी गरेका छौँ”, अफकमले एक विज्ञप्तिमा भन्यो, “हाम्रो अनुरोधमा सीमित प्रतिक्रिया प्राप्त भएपछि र बेलायती प्रयोगकर्ताहरूलाई गैरकानूनी सामग्रीबाट सुरक्षित राख्न अपनाइएका कदमहरूबारे असन्तोषजनक जानकारी पाएपछि हामीले आज प्रदायकले ऐनअन्तर्गत आफ्नो कानूनी दायित्व पालना गरिरहेको छ कि छैन भन्ने अनुसन्धान सुरु गरेका छौँ ।”

अफकमले सामग्रीको ‘प्रकृति’ का कारण सेवा प्रदायक वा वेबसाइटको नाम उल्लेख नगरेको बताएको छ । बिबिसीको प्रतिवेदनअनुसार फोरम संयुक्त राज्य अमेरिकामा होस्ट गरिएको छ र बालबालिकासहित दशौँ हजार सदस्यहरू छन् । यसले सम्भावित घातक विषाक्त रसायन कसरी किन्ने र प्रयोग गर्ने भन्ने बारे निर्देशनहरू साझा गर्ने सहित प्रयोगकर्ताहरूले आत्महत्याका विधिहरूबारे छलफल गर्ने बताएको छ । बेलायतमा करिब ५० जना आत्महत्या यस फोरमसँग जोडिएको बिबिसीले जनाएको छ । पालना गर्न असफल भएमा अफकमले अन्ततः सेवा प्रदायकलाई सामग्री हटाउन बाध्य पार्न अदालतको आदेश खोज्न सक्नेछ । यसले एक करोड ८० लाख पाउन्ड (दुई करोड ३० लाख डलर) सम्म वा यसको विश्वव्यापी राजस्वको १० प्रतिशत बराबरको रकम जरिवाना पनि गर्न सक्नेछ । रासस/एएफपी

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...