बन्दीपुरमा रैथाने खाना एवं सांस्कृतिक महोत्सव सुरु

Published on

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रवर्धनमा आयोजित महोत्सवको मुख्यमन्त्री पाण्डेले आइतबार उद्घाटन गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले देशकै प्रमुख गन्तव्यका रूपमा बन्दीपुरलाई विकास गर्दै बन्दीपुर भ्रमण वर्ष २०२५ मा बास बस्ने पर्यटक दुईदेखि तीन लाख भित्र्याउने कार्यक्रम अन्तर्गत महोत्सव गरिएको जानकारी दिनुभयो ।

पर्यटकको सङ्ख्या वृद्धि गर्ते नेपाली नयाँ वर्षलाई मौलिकताका साथ मनाउन, रैथाने खाना कला संस्कृतिलाई संरक्षणमा टेवा पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । चार दिनसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक एवं नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सवका संयोजक बैसबहादुर गुरुङले बन्दीपुर गाउँपालिकाका छ वटै वडाका ऐतिहसिक तथा पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवले टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...