मनाइयो प्रकृति संरक्षणको सन्देश दिने पर्व जुडशीतल

Published on

काठमाडौँ । प्रकृतिको संरक्षण गर्नुपर्ने आत्मचेतना तथा आरोग्यको सन्देश दिँदै आएका जुडशीतल पर्व मंगलबार मिथिला क्षेत्रमा मनाइएको छ। तपाईं मधेशको मिथिला क्षेत्रमा प्रत्येक वर्ष वैशाख २ गते मनाइदै आएको जुड़शीतल, बाइस पावनी र सिरुवा जस्ता नामले प्रचलित छ। यो पर्व सप्तरीमा परिवारका ठूलाबडाले हत्केलाबाट जल दिएर जुडाउँदै मनाइएको हो। मंगलबार बिहानैदेखि घरका सबै भन्दा जेठा व्यक्तिले आफ्ना परिवारजन तथा टोल छिमेकका कनिष्ट व्यक्तिको टाउकोमा हत्केलाले जल दिएर आशिर्वाद दिएका छन्। जल लिएपछि खुट्टा ढोगेर आशिर्वाद लिने चलन रहि आएको छ।

प्राकृतिक तथा वातावरण संरक्षणसँग सन्दर्भ जेडिएको यस पर्वमा बिहानै पशुपक्षी, वृक्ष, बोटविरुवा र घरगृहस्थीमा प्रयोग गरिने सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोरा, बाटोघाटो र आफ्नो दैनिक दिनचर्यामा प्रयोगमा आउने सबै वस्तुलाई पानीले जुराउने चलन रहि आएको मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षी बताउनुहुन्छ। उहाँले वैशाख महिना लाग्ने वित्तिकै सूर्यको तापमा पनि वृद्धि हुने भएकाले यस पर्वमा मानव जीवन लगायत रुख, वोट बिरुवाका लागि पनि शीतलताको कामना गर्ने गरिएको जरामा पानि हालेर जुडाउने सांस्कृतिक परम्परा रहेको बताउनुभयो।

जुड़शीतलमा विशेष परिकार

मिथिलाञ्चलमा जुड़शीतलका दिन विशेष परिकार खाने चलन छ। वैशाख १ गते ‘सतुआइन’ अर्थात् सतु खाने दिन नै पकाइएको पुरी र विभिन्न प्रकारका तरुवा सहितका परिकार वैशाख २ गते खाने गरिएकोले यसलाई ‘बाइस पावनी’ अर्थात् बासी खाने दिनको रुपमा पनि लिइन्छ। वासी खानामा ताप नभई शितल हुने गरेकोले पनि यस दिनमा वासी खाना खाएर शरीरलाई ताप मुक्त बनाउनुका साथै शितलताको सन्देश यो पर्वले प्रवाह गर्दै आएको बुझिन्छ। फलको राजा मानिने आँपको टिकुला जुडशीतलकै दिन चाखेर मिथिलाञ्चलमा आँप खाने सुरुवात हुने गरेको पनि मान्यता रहि आएको छ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...