अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता ‘धेरै छिटो’ अगाडि बढ्दै

Published on

काठमाडौँ । युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किएभ र वासिङ्टनबिच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुत गतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की बीचको टेलिभिजन झडपले सम्झौतालाई अन्योलमा नपारेसम्म युक्रेन र संयुक्त राज्य अमेरिकाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण खनिजहरू निकाल्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए । “वार्ताहरू धेरै छिटो अगाडि बढिरहेका छन्”, वार्तासँग नजिक रहेका अधिकारीले किएभमा एएफपीलाई बताए ।

ट्रम्पले उहाँका पूर्ववर्ती जो बाइडेनले युक्रेनलाई दिएको सहयोगको क्षतिपूर्तिका रूपमा यो सम्झौता चाहनुभएको छ । सम्झौताले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोत र दुर्लभ खनिजहरूको नाफामा रोयल्टी भुक्तानी दिनेछ । सम्झौताको नयाँ मस्यौदाले अमेरिकी सहयोगलाई युक्रेनको ऋणका रूपमा मान्यता नदिएको देखिएको स्रोतले एएफपीलाई बतायो । त्यो मूल्याङ्कनले ब्लुमबर्ग न्यूजको अघिल्लो रिपोर्टको प्रतिध्वनि गरेको थियो । ब्लुमबर्गले वासिङ्टनले सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेदेखि किएभले सहयोग फिर्ता गर्नुपर्ने मागलाई सहज बनाएको रिपोर्ट गरेको थियो । अर्जेन्टिनामा रहेका अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार ‘यस हप्ता’ चाँडै सम्झौतामा हस्ताक्षर हुनसक्ने बताउनुभएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...