थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर

Published on

काठमाडौँ । घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिनुभयो । बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेतेर थारु भाषामै समाचार र आलेखहरु प्रकाशन गर्ने उहाँले बताउनुभयो । समाजका लागि सञ्चार पैरवी नेपाल, थारु पत्रकार, लौव अग्रासनसँग समन्वय र सहकार्य गरेर यो वर्षदेखि थारु भाषाको नगर बुलेटिन प्रकाशन हुने चौधरीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले यस अघि थारु भाषालाई सरकारी कामकाज भाषा बनाउने निर्णय गरेको थियो । २०७४ को स्थानि तहको निर्वाचनमा घोराहीको नगर प्रमुखमा निर्वाचित भएर आएपछि नगरप्रमुख नरुलाल चौधरीले कार्यपालिकाको दोस्रो बैठकबाट थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गराउनुभएको थियो । त्यसपछि घोराही उपमहानगरपालिकाले घोराहीमा थारु भाषामा पठन पाठन गराउने समेत निर्णय गराएको थियो । सूचना अधिकारी चौधरीका अनुसार घोराहीका केहि सामुदायिक विद्यालयमा थारु भाषामा पठनपाठन भइरहेको छ । “अहिले कक्षा १ सम्म थारु भाषामा पठनपाठन भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘कक्षा दुइको पाठ्यक्रममा निर्माण भइरहेको छ ।’’

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...