थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर

Published on

काठमाडौँ । घोराही उपमहानगरपालिकाले थारु भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारु भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारु भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले जानकारी दिनुभयो । बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेतेर थारु भाषामै समाचार र आलेखहरु प्रकाशन गर्ने उहाँले बताउनुभयो । समाजका लागि सञ्चार पैरवी नेपाल, थारु पत्रकार, लौव अग्रासनसँग समन्वय र सहकार्य गरेर यो वर्षदेखि थारु भाषाको नगर बुलेटिन प्रकाशन हुने चौधरीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले यस अघि थारु भाषालाई सरकारी कामकाज भाषा बनाउने निर्णय गरेको थियो । २०७४ को स्थानि तहको निर्वाचनमा घोराहीको नगर प्रमुखमा निर्वाचित भएर आएपछि नगरप्रमुख नरुलाल चौधरीले कार्यपालिकाको दोस्रो बैठकबाट थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गराउनुभएको थियो । त्यसपछि घोराही उपमहानगरपालिकाले घोराहीमा थारु भाषामा पठन पाठन गराउने समेत निर्णय गराएको थियो । सूचना अधिकारी चौधरीका अनुसार घोराहीका केहि सामुदायिक विद्यालयमा थारु भाषामा पठनपाठन भइरहेको छ । “अहिले कक्षा १ सम्म थारु भाषामा पठनपाठन भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘कक्षा दुइको पाठ्यक्रममा निर्माण भइरहेको छ ।’’

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...