आज संविधान दिवस मनाइँदै

Published on

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत संविधान निर्माण गरी जारी गरिएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको हो।

२०७२ साल असोज ३ गते संविधानसभामा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका थिए। संविधानसभाको निर्वाचनमार्फत निर्वाचित जनप्रतिनिधिहरूले लामो बहस, छलफल र सहमतिपछि संविधान निर्माण गरी जारी गरेकाले असोज ३ गतेलाई विशेष महत्वका साथ संविधान दिवसका रूपमा मनाइन्छ।

नेपालको संविधानले राज्यको शासकीय संरचनालाई संघीय प्रणालीमा रूपान्तरण गर्दै समावेशी शासन व्यवस्थाको आधार तय गरेको छ। संविधानले जातीय, क्षेत्रीय, लैंगिकलगायत विविध पक्षको समावेशी प्रतिनिधित्वलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ।

संविधान दिवसका अवसरमा संघ, प्रदेश तथा स्थानीय तहसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायले विविध कार्यक्रम आयोजना गर्ने गरेका छन्। सरकारले संविधान दिवसका अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ।

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...