सङ्कटमा इँटा उद्योग : कामदारदेखि बजारसम्म चुनौती

Published on

काठमाडौँ । पहाडी जिल्लाहरूमा इँटा उद्योग कम सञ्चालनमा छन् । गुल्मीमा जिल्लामा पनि एउटा मात्रै इँटा उद्योग छ । जसले गाउँमै रोजगारीको सिर्जना गरेको छ । तर कामदारदेखि बजारको चुनौती सञ्चालकहरूले खेप्दै आएका छन् । धुर्कोट गाउँपालिका–५ टोँटेचौरमा १० वर्षदेखि धनञ्जय इँटा उद्योग सञ्चालनमा छ । तसिप हुसेन र छोटेलालको परिवारनै भारतको जम्मु कश्मिरबाट बर्सेनि इँटा भट्टामा काम गर्न आउनुहुन्छ । उहाँहरूले मङ्सिरदेखि जेठसम्म इँटा भट्टामा काम गर्न नेपाल आउनुहुन्छ । त्यो बेला जम्मुकश्मिरमा हिउँ पर्ने भएकाले जाडो हुन्छ । सबै परिवार जेठपछि कश्मिरकै इँटा भट्टामा काम गर्न फर्किन्छन् ।

कामदारहरूका अनुसार नेपालमा वर्षा हुँदा कश्मिरमा हुँदैन । कामले खान मात्रै पुग्ने अवस्था भएकाले निकै कमले मात्रै छोराछोरी पढाउने गरेको तसिपले बताउनुहुन्छ । छोराछोरीसँगै हुँदा हेरविचार हुने र सीप पनि हस्तान्तरण हुने भएकाले सँगै लिएर हिँड्ने गरेको हुसेनको भनाइ छ । इँटा भट्टामा काम गर्ने पहाडी क्षेत्रका निकै कम छन् । किनकी उद्योग छैनन् । गुल्मीमा पनि इँटा उद्योग एउटा मात्रै छ । त्यो पनि निकै कम क्षमताको हो । एक पटकमा माटो खन्ने, हिलो बनाउने, डाइमा राख्ने, सुकाउने, दाउरा काट्ने, इँटा भट्टामा राख्ने र पकाउनेसम्मको काम हुने श्रमिकको नेतृत्व गरिरहेका जहाविर भाइकले बताउनुभयो ।

सानो भट्टा भएकाले दैनिक बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म काम गरेर आराम हुने भाइकले बताउनुभयो । उहाँका अनुसार पाँच-सात महिना काम गरेर खानबस्न बाहेक ५०-६० हजार बचाएर घर लैजाने अवस्था छ । “सबैलाई मैले लिएर काममा लगाउँछु । उनीहरूको जिविकोपार्जन ठुलो कुरा हो,” उहाँले भन्नुभयो, “आफूहरूले पुस्तौँदेखि इँटा भट्टामै काम गर्ने भएकाले मागको आधारमा काममा डुल्छौं ।” धनञ्जय इँटा उद्योग अर्घाखाँची सन्धीखर्च नगरपालिका–५ का ठाकुर भुसालले सञ्चालन गर्नुभएको छ । आर्युवेद क्षेत्रमा सक्रिय भुसालले फरक क्षेत्रको रूपमा ०७० सालबाट उद्योग सुरु गरेपनि प्राविधिक कारण दुई वर्ष बन्द भयो । उहाँले ३२ रोपनी जग्गा खरिद गरेर इँटा उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगमा एक लटमा करिब तीन लाख इटा उत्पादन हुन्छन् । मागको आधारमा तीन लटसम्म उत्पादन गर्न सकिने सञ्चालक भुसालले बताउनुभयो । पानी नपर्ने समय मङ्सिरदेखि वैशाखसम्म मात्र इँटा उत्पादनको काम हुन्छ ।

भुसालले ४० जना कपिलवस्तु र भारतीय नागरिकलाई बर्सेनि रोजगारी दिएको बताउनुभयो । एक लट इँटा उत्पादन भएर बिक्री हुँदा ४५ लाख कारोबार हुने भएकाले खर्च कटाएर वर्षमा सातदेखि १० लाख कमाइ हुने भुसालले बताउनुभयो । अहिले बजारमा इँटाको माग बढ्दो छ । तर, उद्योगमा इँटा कम छन् । अस्थिर बजारका कारण उत्पादनमा समस्या छ । दुई वर्ष पहिले नौ लाखसम्म इँटा बिक्री गर्दा गत वर्ष नबिकेर निर्माण व्यवसायीलाई उधारोमा दिने अवस्था आएको सञ्चालक भुसालले बताउनुभयो । उहाँले सरकारका तर्फबाट इँटालाई गुणस्तरिय बनाउन सहयोगका सट्टा इन्जिनीयरहरूले गुणस्तरको प्रश्न उठाएर बाहिर व्यापार गर्दा सङ्कट भइरहेको गुनासो गर्नुभयो । “तीनै तहका सरकारले ऊर्जाभन्दा निराशा धेरै दिएको छ । इन्जिनियरहरुले स्थानीय इँटा प्रयोग गर्न दिँदैनन्,” उहाँले भन्नुभयो, “गुल्मेली बाहिरको महङ्गो इँटा खरिद गर्न बाध्य छन् ।” कामदारहरू पनि स्थानीय नभएका कारण ठुलो समस्या झेलेर भारतीय र तराईका कामदार मगाएर पाँच-सात महिना राख्न समस्या भएको भुसालले बताउनुभयो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...