केपी ओली कप क्रिकेट : गण्डकी र काठमाडौँ फाइनलमा

Published on

काठमाडौँ । सिइसी काठमाडौँ र गण्डकी हिरोज केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरामा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा बिहीबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल पाँच ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौँ फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि पाँच ओभरको खेलमा ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्स निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

उसका लागि ओपनर सुवोध ऐरी र आशिष तिरुवाले १३, १३ रन बनाउनुभयो । अभिनाष सिंहले १२ दिपक रोकायाले चार रन बनाउनुभयो । बलिङमा काठमाडौँका मनोज यादवले दुई तथा युनिशविक्रम सिंह ठकुरीले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ५७ रन बनाएको थियो । काठमाडौँका लागि ओपनर रित गौतमले २८ रन बनाउनुभयो । अर्जुन घर्तीले १३ र दिपेन्द्र रावतले अविजित आठ रन बनाउनुभयो । यस्तै दोस्रो सेमिफाइनल खेलमा गण्डकी हिरोजविरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेले पनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो ।

अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा अर्का ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्नुभयो । यस्तै खगेन्द्र जोशीले २० र टेक रावतले अविजित ११ रन बनाउनुभयो । बलिङमा गण्डकी हिरोजका मिलन बोहोराले तीन विकेट लिनुभयो । नारायण जोशीले एक विकेट लिनुभयो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाखका रुपियाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्ट बलर र बेस्ट ब्याटरलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टोलीले भाग लिएका थिए ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...