गौतमबद्ध विमानस्थलमा नियमित उडान प्रयास भइरहेको छ: मुख्यमन्त्री आचार्य

Published on

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको लागी प्रयास भइरहेको बताउनुभएको छ । लुम्बिनीमा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नको लागी आफूले प्रधानमन्त्री, अर्थमन्त्री देखि लिएर नागरिक उड्डयन प्राधिकरण सम्म छलफल गरेको बताउनुभयो ।

आचार्यले भन्नुभयो, “गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा व्यवसायिहरुको अरबौँ लगानी भएको छ, प्रदेश सरकारले मनन र आत्मसाथ गरेको छ । विमानस्थल चलाउनको लागी प्रदेश सरकार गम्भीर रहेको छ, सङ्घीय सरकार सँग छलफल गरिरहेका छौँ ” । आचार्यले लुम्बिनी प्रदेशको विकासको लागी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न अपरिहार्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै आचार्यले अहिले समाजमा कतिपय अवस्थामा सञ्चारहरू फितलो ढङ्गले अघि बढेको प्रदेश सरकारले महसुस गरिरहेका बताउनुभयो । सञ्चार क्षेत्र मुलुकमा अराजकता र तरल अवस्थामा धकेल्न तर्फ उद्धत भएर लाग्न नहुने बताउँदै राष्ट्र र जनताको पक्षमा अघि बढ्न आवश्यक रहेको जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...