ढोरपाटनमा नौ महिनामा १० हजार बढी पर्यटक पुगे

Published on

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना अर्थात् असारदेखि फागुन मसान्तसम्म ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्ने विदेशीभन्दा अधिकांश पर्यटक स्वदेशी छन् । चालु वर्षको फागुन मसान्तसम्ममा दश हजार ७ सय पर्यटकले ढोरपाटन भ्रमण गरिसकेका छन् । तीमध्ये १ सय २० जना विदेशी पर्यटक रहेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो । यो अनुपातले चालु वर्षमा १८ हजार बढी पर्यटक ढोरपाटन पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा १५ हजार ७ सय ७० जना आन्तरिक र १ सय ६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए । आरक्षले नेपालीलाई प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रलाई १ हजार ५ सय र विदेशीलाई ३ हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । पछिल्लो समय आरक्षले विदेशीसंगै आन्तरिक पर्यटकको तथ्यांक राख्दै आएको छ ।

ढोरापटनमा पर्याप्त खानेपानी नहुनु र पर्यटकका लागि आरामदायी होटलको अभाव हुँदा ढोरपाटन आउने पर्यटकको संख्या बढ्न नसकेको स्थानीय बताउँछन् । ‘‘सुविधा सम्पन्न होटल बनाउन आरक्षको अनुमति पाइदैन’’ स्थानीय धिरेन्द्र घर्तीले भन्नुभयो, ‘‘पर्यटक बढाउन ढोरपाटन उपत्यकालाई सिकार आरक्षबाट अलग गर्नुपर्छ ।’’ ढोरपाटन उपत्यका स्तरीय र पर्याप्त होटलको व्यवस्था नहुँदा अधिकांश पर्यटकहरु बुर्तिवाङ बजारमा बास बस्न जानेका गरेका छन् । ढोरपाटनमा पर्यटकको बसाईं लम्ब्याउन सके स्थानीयबासीको आम्दानी बढ्ने र जीविकोपार्जनमा सहज हुने घर्तिको भनाई छ । ढोरपाटनमा ६ सयबढी घरधुरी छन् । ढोरपाटन उपत्यकामा पुग्न सहज सडक नहुँदा पनि पर्यटकले सास्ती खेप्नुपरेको छ । बुर्तिवाङ–ढोरपाटन जोड्ने ३६ किमी सडक जीर्ण छ भने सालझण्डी–ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म सम्पन्न नहुँदा पर्यटकले यात्रामा सास्ती खेप्नुपर्छ ।

बुर्तिवाङ–ढोरपाटन सडक तत्काल कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । ‘‘सहज सडक भए ढोरपाटन आउने पर्यटकको संख्या दोब्बरले वृद्वि हुने ढोरपाटन ९ का वडा अध्यक्ष खिमबहादुर घर्तिले बताउनुभयो । पर्यटनमार्फत आर्थिक समृद्विको लक्ष्य हासिल गर्न सकिने प्रशस्त संभावना रहेपनि सडक पूर्वाधारले साथ नदिँदा ढोरपाटन विकासमा सँधै पछि परेको घर्तिले गुनासो गर्नुभयो । ढोरपाटन उपत्यकालाई रुकुमको तकसेरा र मध्यपहाडी लोकमार्गको पातीहाल्नेसम्म जोड्नका लागि आरक्षले साथ नदिएको स्थानीय गुनासो गर्छन् । गाडीखोला चामेद्वार ढोरपाटन सडक आरक्ष नजिकै ट्रयाक खोल्न नपाएपछि अलपत्र परेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...