मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

Published on

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ बजे बस्नेछ।

बैठकमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि भइरहेका कामबारे छलफल हुने अपेक्षा गरिएको छ। बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माण र आवश्यक स्रोत–साधन परिचालनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा हुने सहभागिता तथा सम्बोधनका एजेन्डाबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने जनाइएको छ। महासभामा प्रधानमन्त्रीको सहभागिता, सम्बोधनका विषयवस्तु तथा भ्रमणसँग सम्बन्धित आवश्यक तयारीबारे बैठकले निर्णय गर्न सक्ने बताइएको छ। बैठकमा समसामयिक प्रशासनिक तथा सरकारी कामकारबाहीसँग सम्बन्धित अन्य विषयमा समेत छलफल हुने सम्भावना रहेको छ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...

उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने

काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा...