सप्तरीका दुई कार्यालयमा तालाबन्दी

Published on

काठमाडौँ । योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीको कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ। जिल्लास्थित विद्यालयहरूको शिक्षा विकास तथा भौतिक निर्माण कार्यका लागि मधेश प्रदेशबाट पठाइएको चिठ्ठीहरू अझै वडा कार्यालयसम्म नपुगेको भन्दै विभिन्न पार्टीका नेता कार्यकताहरूले तालबन्दी गरेका हुन् । विकासिय योजनाका चिट्ठीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नु आगावै प्रदेशको राजधानी जनकपुरबाटै कमिसन लिएर बिक्री गरिएको विरोधमा तलाबन्दी गरिएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचिव तुलसी थारूले बताउनुभयो । “अधिकांश विकासीय योजनाका चिट्ठीहरू प्रदेश राजधानी जनकपुरमै कमिसन लिई बिक्री गरेको तथा बाँकी रहेका चिठीहरू व्यक्ति व्यक्तिहरूले कमिशन लिएर बेच्ने गरेको थाहा पाएपछि तालाबन्दी गर्न बाध्य भयौं,” चौधरीले भन्नुभयो ।

थारू कल्याणकारिणी सभाका जिल्ला सचिव मिलन लेखीले विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा समेत राजीनितकरणका कारण शिक्षाको स्तर घट्दै गएको र त्यसको बाधक राजनीतिक दल नै रहेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको सुनाउनुभयो । प्रदेश सरकारबाट आएको बजेट समयमै सदुपयोग नहुने आशंका बढेकोले यसप्रतिलाई गम्भीर हुन आग्रह गनुभयो । यसअघि चैत २९ मा खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा सामाजिक विकास एकाइ कार्यालयमा पठाइएको विभिन्न योजनाका अधिकांश चिठी कार्यालय प्रमुख शुशिल झाले जनकपुरमै कमिसन लिई बिक्री गरेको आरोप लगाउँदै जनमत पार्टीका संसदीय दलका नेता एवं पूर्व मन्त्री महेशप्रसाद यादवको अगुवाईमा सामाजिक विकास एकाइ कार्यालय सप्तरीमा तालाबन्दी गरिएको थियो। प्रदेश सरकारबाट बुझेका योजनाका चिट्ठीहरू कार्यालयबाट नभई बाटो बाटै बिक्री गर्नु गलत भएको जिकिर गर्दै नेता यादवले कार्यालय प्रमुखले बदमासी गर्ने तर योजना बिक्रीको आरोप सांसदहरूले खेप्नु परिरहेकोले योजनाका चिट्ठीहरूको वितरण सम्बन्धित कार्यालयबाटै हुनुपर्ने माग गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...