अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्रे सुरु

Published on

काठमाडौँ । गोरखाको भिमसेन थापा गाउँपालिकादेखि आरुघाटसम्म पुग्ने अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट सडक खण्ड कालोपत्र सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको सिमानादेखि आरुघाट गाउँपालिकासम्म पुग्ने झण्डै ३ किलोमिटर सडक धेरै लामो समयपछि कालोपत्रे सुरु भएको हो । निकै लामो समय पछि कच्ची बाटो भएर सडक यात्रा गर्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै सङ्घीय सरकारको बजेटमा गोरखा सडक योजना कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न सुरु गरेको हो । कालोपत्रे सुरु भएपछि अश्राङ-बोर्लाङ-घाटबेँसी-आरुघाट हुँदै धादिङको सल्यानटारका स्थानीयलाई गोरखा सदरमुकामसम्म आवतजावत गर्न सहज हुने भएको छ । धेरै समयको प्रयासपछि अहिले आएर कालोपत्रे सुरु भएको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

सडक कालोपत्रे योजनाका लागि निर कम्पनीसँग २०८१ साल माघ १० गते सम्झौता भएर काम अघि बढेको गोरखा सडक योजना कार्यालय गोरखाका इन्जिनियर श्यामसुन्दर पौडेलले जानकारी दिनुभयो । २०८२ साल असार ३० गते सम्पन्न गर्नुपर्ने समय सीमा भित्र निर्माण कम्पनीले २०८२ साल जेठ महिनाको अन्तिमसम्म सम्पन्न हुने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । झिङ्गतेदेखि आरुघाट हुँदै धादिङसम्म पुग्न सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामान गर्दै जोखिम र सास्तीपुर्ण यात्रा गर्दै आएका स्थानीयहरू खुसी भएका छन् । सडक कालोपत्रे भएपछि ४५ मिनेटमा गोरखा सदरमुकामसम्म पुगिने भएको छ । स्थानीय जनप्रतिनिधि सहितको टोलीले सडक कालोपत्रेको माग गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको अध्यक्ष लोकप्रसाद बञ्जराको भनाइ छ । गोरखा सडक योजना कार्यालय गोरखाको २ करोड ९९ लाख ९९ हजार रुपियाँमा गोरखा सडक योजना गोरखा र निर्माण कम्पनीबिच ३ किलो मिटर सडक कालोपत्रे र एक साइडमा नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । बाटोको ८ मिटर चौडाई र ३ किलोमिटर लम्बाई, सब वेश, सब ग्रेड फाइनल भएकाले समय सीमा भित्र १ महिना अघि नै कालो पत्रे सम्पन्न हुने विश्वास लिएको गोरखा सडक योजना कार्यालय गोरखाका इन्जिनियर श्यामसुन्दर पौडेलले बताउनुभयो ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...